Saturday 11th April 2026

मलेसियामा अवैध रूपमा बस्ने विदेशी कामदारमाथि धरपकड, नेपालीसहित २०० जना पक्राउ


तितोपाटी- मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीसहित २ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तीव्रता दिएसँगै उनीहरू पक्राउ परेको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यही साता प्रहरीले केही नेपालीसहित २ सय ५ जना अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्यहाँको अध्यागमन विभागले क्वालालम्पुरमा चेकजाँच गरिएका ४ सय २५ जनामध्ये २ सय पाँच जनासँग वैधानिक कागजात नरहेको र उनीहरूलाई हिरासतमा लिइएको जनाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पक्राउ पर्नेमा नेपाली, इण्डोनेसियन तथा बंगलादेशी कामदार रहेको प्रहरीले जनाएको छ । स्थानीय व्यक्तिहरूले अपार्टमेण्टमा धेरै विदेशी रहेको भन्दै उनीहरूका बारेमा रिपोर्ट गरेपछि अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा आकस्मिक जाँच गरेको थियो । मलेसियामा अवैध रूपमा बस्दै आएको विदेशी कामदारलाई मलेसियाली प्रहरीले आकस्मिक धरपकड गर्ने थालेको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...