Friday 5th September 2025

लघुकथाः माया -अनिताराज खतिवडा “शिखा”


“बाह्रबजे” फुलको लाली लगाएर ल्याक्टो चक्लेट चपाउँदै गोठाला जाँदा, पोलेको काँचो गहुँ खाँदाको आनन्द अहिले कहाँ छ र !
चक्लेटको खोल तन्काउदै कस्को लामो हुने बाजी मारेको आजै जस्तो लाग्छ।

हो, मेरो बालपन तिम्रो जस्तो सुख सयलमा बितेन, तर तिमीलाई पनि छट्पटी भने अवश्य थियो । तिमी धनी परिवारकी रानी म जस्तो गरिब घरकी झुत्रीसँङ्ग खेल्न कहाँ पठाउँथे र तिम्रा बाले !
थाह छ पवित्रा ! तिम्रा बालाई पनि हामीले गोठालो जाँदा साँधेर खाएको काँचो मेवा खुब मन पर्थ्यो । थुक घुटुक्क निलेर देखे पनि नदेखे झै हिँड्नु हुन्थ्यो। अनि रिस तिमी माथि खनिन्थ्यो । पाखेको बच्चाको सङ्गत नगर भन्दै । हो, म पाखे नै सही तर मेरो बालपन तिम्रो जस्तो चार दिवार भित्र कटेन । पहिल्यै देखि नै तिमी धनी घरकी भएको कारण राम्रो अवसर पायौ अहिले इन्जिनियर भएकी छ्यौ । म गोठाला, सधैँ गोठको गोठै ।

आज सत्र बर्ष पश्चात् तिम्रो बाले मेरो पसिनाको कदर गरेर हो या गिल्लाएरै भए पनि तारिफ भने गर्नु भयो, “अनिता तिमीले दुख गरेकी छौ र हामीले शहरमा दूध दहीदेखि अन्नपात सम्पूर्ण चिज भन्ने बितिक्कै पाएका छौँ । तिमी जस्तो लाखौँ अनिताको खाँचो छ यो देशलाई ।”

-अनिताराज खतिवडा “शिखा”
डुमरवाना बारा, नेपाल ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम पछि २६ पश्चिमी देशहरूले युक्रेनमा सेना तैनाथ गर्न सहमत भएको बताएका छन्। म्याक्रोनका अनुसार, यी…

जेरुसेलम: इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्रीले बुधबार भने कि कब्जा गरिएको पश्चिम किनारको भूभाग कब्जा गर्न नक्सा बनाइँदैछ, प्यालेस्टिनीहरूले राज्यको लागि खोजिरहेको…

गुलाम नवी मन्सुर- कुवेत / कुवेतमा केही दिनयता घटेको विषाक्त मदिरा त्रासदीले सम्पूर्ण नेपाली समुदायलाई असह्य पीडा र स्तब्धतामा डुबाएको…

प्रतिकृयाहरू
...