Saturday 31st October 2026

कबिता: सम्मान – सोमनाथ लुइटेल ‘रवि’


आमा सम्मान को प्रतीक हो
नारी अभिमानको नायक हो
नारी बिनाको संसार अधुरो छ
नारी सर्जनाको मुल धार हो ।।।।

जस्ले नारिको अपमान गर्छ
नर्कमा पनि सधै कस्टले मर्छ
आमाको पाउमा स्वर्ग छ
नारिको विभिन्न बर्ग छ ।।।।

जस्ले पुज्छ नारिलाइ
उस्को कार्य सम्पन्नतामा बढाई
पुजा को प्रतीक हो नारी
देबिको रुपमा सम्मानित पारी ।।।।

पार्बती लक्ष्मी दुर्गा नि रुप यिनैको
सुन्दरताको कर्म छवि यिनैको
दुर्बल मान्ने पुरुषको हुन्न कल्याण
सम्मानित हुने छैन दुर्बल दुर्जन ।।।।

-सोमनाथ लुइटेल रवि
पाल्पाली
हालः पोल्याण्ड ।


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...