Thursday 25th April 2024

कविताः अष्टसिध्दि – छन्द: इन्द्रवज्ज्रा -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


स्यादिन्द्रवज्ज्रा यदि तौ जगौ ग: ।~🌷🙏🌺

सुन्दैछ साने गुरुले भनेको
सन्तुष्ट साने सब यो सुनेको
सिक्दैछ साने उनले गरेको
सत्कार साने गुरुको गरेको ।🌷🙏🌺

संसार जान्ने गतिलो उपाय
सद्धर्म घुम्ने अणिमा बढाए
सत्कर्म गर्दा सबको भलाई
सन्मार्ग चुन्दा महिमा बढाइ ।🌷🙏🌺

सम्भ्रान्त बेला गरिमा बढाऊँ
सन्ताप पर्दा लघिमा समाऊँ
भो प्राप्ति भन्दा घरमा रमाऊँ
सन्दीप्त बन्दै जगमा उदाऊँ।🌷🙏🌺

प्राकाम्य बुझ्दा क्षमता बढाइ
सम्मान राख्दा नहुने लडाइँ
ती ईशिताले सबको भलाई
सम्भ्रान्त बन्दा गरिमा चुटाइ ।🌷🙏🌺

सन्तोष साथी गुनिलो जगको
सत्सङ्ग गर्दा वशिता उदायो
यी सिध्दि आठै जनले चुनेमा
सद्बुध्दि बस्ने महिमा सुनेमा ।🌷🙏🌺

हरि शर्मा (सुवेदी)- गलकोटे कवि
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...