Thursday 8th October 2026

टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना, ११ सैनिकको मृत्यु


तितोपाटी- दक्षिण पूर्व टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ।

हेलिकप्टर कुर्दी बाहुल्य रहेको बिट्टलिस प्रान्तको टाटवान शहर नजिकै दुर्घटनामा परेको अलजजिराले उल्लेख गरेको छ।
हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न बाँकी छ। मृत्यु हुनेमा सेनाका उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...