Monday 14th July 2025

कतारको श्रम कानूनको जानकारी अब ह्वाट्सएपमार्फत नेपाली भाषामा


तितोपाटी- आप्रवासी कामदारलाई कतारको श्रम कानूनसम्बन्धी जानकारी नेपालीसहित ६ वटा भाषामा ह्वाट्सएपमार्फत नै प्राप्त गर्न सकिने भएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सूचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको हो ।

कतारमा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, लगायतका विषय निःशुल्क रूपमा ह्वाट्सएपमार्फत आधिकारिक सूचना प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । २४ सै घण्टा सेवा लिन सकिने स्वचालित च्याट प्रणालीमार्फत नेपाली, अरबी, अंग्रेजी, उर्दू, हिन्दी तथा मलायलम भाषामा जानकारी लिन सकिनेछ । उक्त सेवा लिनका लागि ह्वाट्सएपमा ं९७४ ६००६०६०१ नम्बर सेभ गर्नु पर्ने भएको छ । सो नम्बरलाई जोडेपछि कुन भाषामा आफूले जानकारी चाहेको हो सो नम्बर टाइप गरेर पठाउनु पर्नेछ ।

नेपाली भाषामा सूचना, जानकारी चाहिएमा ५ नम्बर लेखेर पठाउन सकिन्छ । त्यसपछि पुनः ७ अङ्कसम्मको सूची प्राप्त हुनेछ । जसअनुसार १ लेखेर आफ्नो अधिकारका बारेमा, २ लेखेर कतार भिसा सेन्टरमार्फत आवेदन दिन, ३ अङ्क लेखेर उजुरीहरू दिन, ४ लेखेर आफूले दिइसकेको आवेदनको स्थिति बुझ्न, ५ लेखेर मुख्य प्रश्न र उत्तर प्राप्त गर्न, ६ अङ्क लेखेर फोन गर्नको लागि महत्त्वपूर्ण नम्वरहरु प्राप्त गर्ने र अन्तिम ७ टाइप गरेर भाषा परिवर्तन गर्नको लागि भन्ने जानकारी म्यासेजमा आउनेछ । ती अङ्क र शीर्षकमा पठाइएको या रोजेको अङ्क र विषयको आधारमा आधिकारिक जानकारी प्राप्त गर्न सकिनेछ ।

केन्द्रबिन्दुबाट


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...