Friday 20th March 2026

बधाई छ कमरेडहरू!


नारायण कोइराला – बधाई छ कमरेडहरु! खुसी पनि लाग्यो । देशमा अशान्ति कसले चाहन्छ र? जस्तो सुकै अवस्था भए पनि देशमा शान्ति कायम गर्न बन्दुक छोडेर मूलधारमा आउनु आफैमा एक महत्त्व पूर्ण कुरा हो । हामीले यति सजिलै विप्लव समूह वार्ताबाट हतियार बुझाउँछन् भन्ने आश त गरेका थिएनौं । मानिसको विचार बदलिन समय लाग्दो रहेनछ भन्ने कुरा आजको परिवेशले देखाएको छ।

यस्तो संसद विघटन भएर पुनः संसद विउतिएको अवस्थामा आफ्नै अस्तित्व जोगाउन गाह्रो भएको सरकार सँग फाइदा लिन विप्लव समूह लागेको हो कि भन्ने अवस्था पनि छ । थुनिएका आफ्ना कार्यकर्ता बाहिर निकाल्ने अवसरको रूपमा लिइएको पो हो कि? सरकार लालचार छ । मुद्दा लागेका विप्लव कार्यकर्ता कसरी सरकारले छोड्ने हो? यो त अदालतको काम कामकारबाहीमा भरपर्ने होला । यी अनेक जालझेल थाती राखेर आज सम्झौता भएको छ।

यस्तो अवस्थामा राजनीतिक फाइदाको लागि हिजो सम्म प्रतिबन्ध झेलिरहेको पार्टी आज अचानक वार्तामा आएर एउटै मञ्चमा उभिनुको पनि आफ्नो अर्थ होला । समय चक्रले कति बेला को ?दुस्मन को मित्र बनाउछ भन्ने कुराको यकिन गर्न नसकिने रहेछ ।होइन भने पचास वर्ष साथ चल्ने कसम खाएकाहरु दुई नदीका किनारा जस्तो भएका छन् भने कानुनी राज्यमा कानुन अनुसार नचलेको भनी जेल नेल सहेर बसेका आज आजाद भाई एकसाथ बस्ने कसम खाँदै छन् ।
यसको भित्री रहस्य त उही होला, भागबन्डा।

अहिलेको परिस्थतिमा विप्लप समूह मूलधारमा आउनुलाई नै महत्त्व पूर्ण मान्नु पर्ने हुन्छ । यहाँ अर्को ध्यान दिनु पर्ने कुरो पनि छ ।जब जब आफ्नो लागि आबस्यकता पर्छ, त्यही मौकामा मात्र यहाँ पासा थाप्ने गरिन्छ । चाहे पासा आफैले नै किन हार्न नपरोस् ।
सरकार र विप्लप समूहको बार्ताबाट विवाद त सकियाे । किन, किन एउटा प्रश्न भने अनुत्तरित नै देखिएको छ । जस्तो सुकै क्रान्ति गर्छु भने पनि अन्तिम लक्ष्य जनताको लागि सून्य जो छ । आज सम्म भएको जंगलको आन्दोलनले अन्ततः गरिबी दुःखीहरुको लागि के दियो?
केवल बेदना,पीडा अपागता, अनि आफन्तहरूको त्यो रोदन पनि।यसको बदलामा जनताले यिनीहरूलाई भने हर विलासी वस्तु उपयोग गर्ने अवस्थामा पुर्याए ।

अब फेरि नयाँ गठबन्धनमा आएका कमरेडहरु कसरी कुन दिशामा जान्छन् समयले बताउला । अहिलेको यो मेल केवल राजनीतिक दाउपेच मात्र हो । यसबाट ठूलो उपलब्धिको आँसा राख्ने ठाउँ देखिएको छैन । विगतको इतिहास पनि यही त बताउँछ । आफ्नो खुट्टा कटाएर बैसाखी टेक्ने हाम्रो यो राजनीतिक परम्परा कहिले अन्त्य होला।जय होस्,देशको अब अशान्ति शब्द सुन्न नपरोस । बधाई छ कमरेडहरु जगल छोडी नयाँ यात्रा सुरु गर्नु भएकोमा।

तानसेन पाल्पा
हाल ,यूएई।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...