Thursday 29th October 2026

फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर आइन्छ -प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए फेरि दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्। आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सजिलै प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने तर हटाएपनि फेरि जनताबाट दुई तिहाई बहुमत ल्याउने बताएका हुन्।

‘संसद पुनःस्थापना गरेर ल्याउनुभएको छ, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न, अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्। पहिले पनि अविश्वासको प्रस्तावबाट हटाएको हो। म जनताबाट फर्किएर आएको हुँ। अहिले पनि हटाएर देखाउनुस्। हटाउन सक्नुभएछ भने फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर आइन्छ। त्यो कुनैै चिन्ताको विषय छैन।’

उनले लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई तलमाथि हुन नदिने समेत बताए। ‘लोकतन्त्रलाई तलमाथि हुन दिँइदैन। हामीले बलिदानीपूर्ण संघर्ष गरेर लोकतन्त्र ल्याएको हो। हाम्रो संविधान समयअनुसार परिमार्जन हुन सक्दछ, तर संविधानको लोकतान्त्रिक मर्म र भावनालाई तलमाथि पर्न दिँइदैन।’

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...