मुतकारिब मुसम्मन सालिम
122 122 122 122
धरा नै चकित भो यो कानो खबरले ।
झरे ‘बा’ अदालतको न्यानो खबरले ।
त्यो आसन छ प्यारो बेकामे छ तागत
सिरानी भो विध्या पुरानो खबरले ।
फरक पर्छ धेरै गलत चाल वाजी
लगातार भारत को सानो खबरले ।
भयो राज धेरै पुग्यौं राजपथमा
शितलमा भएको अोभानो खबरले ।
जुधाए र साँढे तमासा गराई
निको पार्छ पीडा अचानो खबरले ।
असल यात्री
सिन्धुपाल्चोक, नेपाल
हालः कुवेत ।