Tuesday 24th March 2026

सिरियामा ईरान समर्थित मिलिसियाहरु माथि अमेरिकी आक्रमण, कम्तिमा १७ लडाकुको मृत्यु


तितोपाटी- अमेरिकाले सिरियास्थित ईरानसमर्थित मिलिसियाहरुको अखडामा आक्रमण गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा हवाई आक्रमण गरिएको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि ईरानले अमेरिकी गठबन्धनका सैनिकहरुलाई लक्षित गरी ईराकमा गरेको आक्रमणको बदलास्वरुप यो हमला गरिएको विज्ञप्तिमा उल्लेख छ । पेन्टागनका अनुसार अमेरिकी फाइटर प्लेनहरुले सातवटा निशाना साँधेका थिए । कता ईब हिजबुल्लाह र कता ईब सय्यिद अल सुहादा ईरान समर्थित मिलिसियाहरुले प्रयोग गर्दै आएका धेरै भौतिक पूर्वाधारहरुमा आक्रमणबाट क्षति पुगेको छ ।

मर्नेको संख्या यकिन भइसकेको छैन । यद्यपी, सिरियल अब्र्जभेटिभ फर ह्युमन राईट्स (एसओएचआर)ले दर्जनभन्दा बढी ईरान पक्षधर लडाकुहरुको मृत्यु भएको जनाएको छ । ‘प्रारम्भिक रुपमा कम्तिमा पनि १७ जना लडाकु मारिएजस्तो देखिन्छ । उनीहरु सबै पपुलर मोबिलाईजेशन फोर्सहरुमा सदस्य हुन्,’ एसओएचआरका निर्देशक अब्दुल रहमानले एएफपी न्युज एजेन्सीसँग भनेका छन् ।
ईराकको इर्बिलस्थित विमानस्थलको मुख्य सैनिक अखडामा झन्डै दुई साताअघि ईरानले आक्रमण गरेको थियो, यसक्रममा दुईजना विदेशी ठेकेदारहरुको मृत्यु भयो भने एक अमेरिकी सैनिकसहित कम्तिमा ९ जना घाइते भए ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...