Thursday 28th March 2024

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, मृतक संख्या २६८४ पुग्यो


सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।थप ९४ जनामा कोरोना संक्रमण पुष्टिपछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २६८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...