Sunday 11th January 2026

‘फुलबुट्टे सारी’को ‘लिजेन्डरी भर्सन’मा मदनकृष्ण र मिथिलाको जमेको केमेष्ट्री


गायिका मिलन अमात्यको स्वरमा समावेश ‘फुलबुट्टे सारी’ बोलको गीतले दर्शकको अत्याधिक माया पायो । ६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो ।यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । मार्मिक लामाको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीतमा १२ बर्ष अगाडि यो गीत रेकर्ड भएको थियो ।

लिजेन्डरी भर्सनमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई फिचरिङ गरिएको छ । भिडियोलाई राजेश पुमा राइले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा कलाकार हरिवंश आचार्य पनि उपस्थित थिए । उनलाई कार्यक्रममा सम्मानित गरिएको थियो । संगीतकार सिवाकोटीले अब यो गीतको अर्को भर्सन सार्वजनिक नगर्ने बताए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

प्रतिकृयाहरू
...