Thursday 26th March 2026

भागरथी हत्या प्रकरणमा कक्षा ११ मा पढ्ने बिद्यार्थी पक्राउ, भोली सार्वजनिक गरिने


तीतोपाटी – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता रहेको साविती बयान दिएकोले भोलि सार्वजनिक गर्ने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

त्यसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो । तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले भोलि भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ ।

स्रोतका अनुसार भट्टको हत्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो ।

भागरथी हत्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाएको थियो । प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि अनुसन्धानमा खटिएका थिए ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...