Friday 9th October 2026

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु


तितोपाटी- कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेका छन् ।

उद्धारकर्ताहरुले तीन सय भन्दा बढीलाई जिवितै उद्दार गरेका छन् । रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको बताइएको छ ।

गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो सन् २०१० को जुलाइमा बुण्डुमको पश्चिमी क्षेत्रमा डुंगा दुर्घटना हुँदा एक सय ३५ जनाले ज्यान गुमाएका थिए ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...