Friday 3rd May 2024

दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा


तितोपाटी- नेकपा दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअन्तर्गत फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर प्रदर्शन गर्ने घोषणा गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रम गर्ने निर्णय भएको पनि नेता श्रेष्ठले बताए ।

यस्तै फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडाहरुमा वडास्तरीय विरोध कार्यक्रम गर्ने सो समूहले घोषणा गरेको छ । फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अनतरक्रिया कार्यक्रमसमेत गर्ने नेता श्रेष्ठले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा दाहाल-नेपाल समूह निरन्तर संघर्षमा छन् ।
दाहाल-नेपाल समूहले केन्द्र, प्रदेश र स्थानीय तहसम्म विरोधक कार्यक्रम गर्दै आएको छ । देशका प्रमुख शहरमा दाहाल-नेपाल समूहले शक्ति प्रदर्शन समेत गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...