Friday 9th October 2026

भागरथीका हत्यारालाई पानीमूनि गए पनि पक्राउ गर्छौं : प्रधानमन्त्री ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानी मुनि गए पनि पक्राउ गर्ने बताएका छन् । बुटवलमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले केही समयभित्र हत्यारालाई पत्ता लगाउने बताएका हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको थियो । २१ माघमा विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा २२ माघमा घरनजिकैको लबलेक जंगलमा बीभत्स अवस्थामा फेला परेकी थिइन् ।
प्रधानमन्त्री ओलीले बुटवलको सम्बोधनमा भागरथीका साथै निर्मला पन्तका हत्यारालाई पनि कठगरामा उभ्याउने दाबी गरे । ‘भागरथीका हत्यारालाई पानीमूनि गए पनि पक्राउ गर्छौं र निर्मलाका हत्यारालाई कठकरामा उभ्याउने छौँ,’ उनले भने, २४ जनालाई जिउँदै जलाउनेहरू अपराधीहरू १२ वर्षमा पनि पक्राउ परेका छन् ।’


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...