Saturday 10th October 2026

मोना कुवेतको दोस्रो अधिवेशन मार्च अन्तिममा सर्यो


म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिवेशन मार्चको अन्तिम शुक्रवार सरेको छ । आगामी ८ मार्चमा मोना कुवेतको दोस्रो अधिवेशन हुने तय गरिएको थियो ।

कुवेतको फाहाहिल, सनैया स्थित उपाध्यक्ष मान बहादुर फगामीको निवासमा अध्यक्ष प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा हिजो बसेको कार्यसमितीको बैठकले बढ्दो कारोना सङ्क्रमनका कारण प्रभावित साथै अन्य विविध कारणले गर्दा आगामी २६ मार्चमा सरेको जनाइएको छ ।

म्याग्देलीहरूले मोना कुवेतको स्थापना २० जुलाई २०१८ मा गरेता पनि पहिलो अधिवेशन भने ०८ मार्च २०१९ मा भएको थियो । मोना कुवेतको कार्यसमितीको २ वर्षीय कार्यकाल (२०१९–२०२१) आगामी मार्चमा सकिदै छ । कोरोना भाइरसका कारण कुवेतमा पनि सभा सम्मेल गर्न कुवेत सरकारकाले अनुमति नदिएको हुदाँ यहाँको परिस्थिति अनुसार कार्यक्रम स्थलगत वा अलाइन भर्चुअल गर्ने भन्ने बिषयमा टुङ्गो लागि सकेको भने छैन ।

कुवेतमा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई मोना कुवेतमा गोलबद्ध गराउने उदेश्यले साधारण सदस्यता वितरण गर्न पनि शुरु गरिसकेको जनाइएको छ । साथै मोना कुवेतको साधारण सदस्यता लिईसकेका सदस्यहरुको सदस्यता म्याद सकिएको छ भने नविकरण गर्न पनि आग्रह गरिएको छ । म्याग्दीबाट रोजगारीको सिलसिलामा कुवेत आउनु भएका सम्पूर्ण म्याग्देलीहरुलाई मोना कुवेतमा आवद्ध हुन पनि आह्वान गरिएको छ ।

मोना कुवेतले म्याग्दीको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आई विभिन्न समस्यामा परि अलपत्र परेका म्याग्देलीहरुलाई सहयोग गर्नुको साथै उद्धार कार्यमा पनि निकै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी प्रवासमा मात्र नभई आफ्नो गृह जिल्लाका विभिन्न क्षेत्रका विभिन्न रोगबाट ग्रसित पीडिहरुको घाउमा मलहम लगाउने उदेश्यले स्थापनाकाल देखि नै उल्लेखनीय आर्थिक सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...