Friday 16th October 2026

ब्यंग्य कविताः कुराैटे ढेडुवा – छन्द: झ्याउरे(देवकोटाको प्राणप्रिय) -हरि शर्मा (गलकोटे कवि)


मानिसहरू बनेको देख्छौँ आकुलव्याकुल
ढेडुवाहरू कुर्सीको लागि बनेका पागल
कुरौटे ढेडु मानिसमाथि कुल्चेर नाच्दैछ
हातको माछो उम्केर गयो सानले डाक्दैछ ।१।💐🌷🌺

आफू र आफ्नो गुटको लागि आरामबिराम
आफूको लागि सफल पार्‍यो आहारविज्ञान
आनन्ददायी आमोदी हुने कपोलकल्पना
साउने भेल जनको आँसु आदानप्रदान ।२।💐🌷🌺

उच्चताबोध गर्दैछ ढेडु आहारविहार
उत्तरदायी पटक्कै छैन आचारविचार
उदासीनता जगमा देख्छौँ जनता विचरा
असमर्थता लुकायो ढेडु गर्दैछ प्रचार ।३।💐🌷🌺

गरेको देख्छौँ अरौटेसाथ ओहोरोदोहोरो
कुरौटे गर्छ कुराको वर्षा ओसारोपसारो
गरीबहरू बाटोमा गर्छ्न् ललौरीबिलौरी
गुँडमा कठै रोएका देख्छौँ बचेराबचेरी।४।💐🌷🌺

ढेडुवाहरू बसेर गर्छ्न् आमोदप्रमोद
आफूको लागि प्रशस्त धन आफलताफल
विधवा गर्छिन् कुनामा बसी अलापविलाप
ढेडुवाहरू चुनाव भन्दै चहकमहक।५।💐🌷🌺

आमोद पोख्न नपाई रुन्छिन् उदारवादिता
असुरहरू गरेर मख्ख असुरविवाह
खै कति गरौँ जगमा हामी अलनाबिलना
ढेडुले बानी सुधारी देओस् छ शुभकामना ।६।💐🌷🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...