Monday 24th August 2026

कोरोना खोपको प्रमाण पत्र


नारायण कोइराला – सन २०२० को वर्ष जिन्दगीको नौलो अनुभव सग बिताउने अवसर मिल्यो। दुःख अनि दुर्भाग्यपूर्ण पनि रहयो। कतिजना साथीलाई धेरै अप्ठारो पनि पर्यो । विदेशमा रहेका हरेक संघ, संस्थाहरुले पनि यो बेलामा सबैलाई सक्दो सहयाेग गरे। यसकोलागि हामी सबैले संघ संस्थालाई धन्यबाद् दिनु पर्छ।

परिस्थि जस्तो सुकै भएपनि,परदेशमा हामीहरूको हिम्मत बढाउने हाम्रा परिवार अनि आफन्तहरूलाई त झन मन देखि संझनु पर्ने हुन्छ । यो वर्ष कतिजना नेपाली दाजुभाइ दिदीबहिनीहरुको घर जाने मनसाय कोरोना प्रकोपले सम्भव थिएन । घरको सम्झना अनि माया मनमा राखी परदेशमा जीवन मृत्यु सग लडेर काम गर्नु एउटा अनुभव नै थियो। यो वर्ष कतिले अकालमा ज्यान गुमाए । महामारीले स्वदेश होस वा विदेश कहि पनि छोडेन । फेरि पनि हामी नेपालीले विदेशमा हिम्मत भनी बनाई राखियो।

अहिले भने अवस्था अलि बदलिएको छ।नयाँ खोपको आगमन सँगै हामीमा मानसिक डर कम्ती हुँदै गएको छ । हुन त सबै ठाउँमा सबैले खोप लगाउने व्यवस्था हुन समय लाग्ने नै छ।

२०२० भनेको कोरोना अनुभवको पढाई जस्तो रहयो । कहिले तातोपानी, कहिले कागती पनि, कहिले तातोपानीको बाफ । यतिमात्र कहाँ हो र? माक्स,सेनिटाइजर, गलप्स,यो कोरोना कालका किताब जस्तो भए।

कोरोना प्रकोपबाट भयभित भएका मजदुर देखि अन्य सबैलाई खुसी तब लाग्न थाल्यो,जब कोरोना खोप लगाउन थालियो । यसको भरोसा माथि अनेक शका उपशंका भए पनि भरोसा त गर्नु नै पर्ने अवस्था थियो । त्यही भरोसा अनुसार आफु पनि कोरोना भ्याक्सिन लगाउनेमा पारियो।

लगाउनु भन्दा पहिला धेरै डर भए पनि अहिले भने दुवै खोप लगाउँदा कुनै साईड इफेक्ट नदेखिएकोले आफैमा ढुक्क भएको महसूस भएको छ। बाँकी त भविष्यले नै बताउला।

यसरी हेर्दै जाँदा सन २०२० कोरोना अध्यानको रह्यो । २०२१ कोरोना खोपको प्रमाण पत्रको रूपमा आएको छ । यो प्रमाण पत्र काम लाग्छ,लाग्दैन यो हेर्न बाँकी छ । राम्रो सोचौं हेल्थको लागिपनि राम्रो हुन्छ।हामीहरू सबै २०२०कोरोना पढाई गरी बितायौं । अनि २०२१ को प्रमाण पत्र आएको छ। पक्कै पनि यो हाम्रो लागि कोरोना मुक्तिको प्रमाण पत्र हुनेछ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...