Wednesday 25th March 2026

ओली समूहमा प्रवेश गरे जसपा नेता शिवजी यादव


जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।  यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका छन्। जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले बताए।

‘मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो।मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु। म पहिला पनि एमालेमै थिएँ,’ यादवले भने। महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए।

२०६३ को मधेस आन्दोलनपछि उनी मधेसी जन अधिकार फोरममा आवद्ध भएका हुन्। एमालेमा रहँदा उनी वुद्धिजिवी र प्रवास कमिटीमा थिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...