Friday 4th September 2026

केपी ओली पार्टीबाटै निष्कासित, विष्णु पौडेलको महासचिव पद खोसियो


नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो । यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।
ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो ।

यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय ओलीले लिएपछि नेकपा विभाजित बनेको छ ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।…

नेपालमा पछिल्लो बाढी तथा पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका र केही शव तथा मानव अवशेष क्षतविक्षत अवस्थामा फेला परेका…

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

प्रतिकृयाहरू
...