Wednesday 25th March 2026

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा र वरिष्ठ अधिवक्ता श्रेष्ठबीच चर्को सवाल–जवाफ


प्रतिनिधिसभा विघटनसम्बन्धी सुनवाइ भइरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच चर्काचर्की परेको छ । बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहसका लागि ५ घण्टाको समय मागेपछि चर्को सवाल जवाफ सिर्जना भएको हो । श्रेष्ठले ५ घण्टाको समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले अरु अधिवक्ता सरह ३० मिनेटमा बहस सक्न आग्रह गरे । तर पुनः श्रेष्ठले ५ घण्टाको समय माग गरेपछि श्रेष्ठले माग गरेको समय दिन इजलासले अस्वीकार गरेको थियो ।बहसमा राजपत्रको वैधानिकताबारे समेत पुनः प्रश्न उठेको छ । केही दिनअघि भएको बहसमा राजपत्र नै प्रकाशित नगरी प्रतिनिधिसभा विघटन भएको प्रश्न उठेको थियो । त्यसपछि महान्यायाधीवक्ता अग्नी खरेलले रातारात राजपत्र प्रकाशित गरी अदालतमा बुझाएका थिए ।

प्रधानन्यायाधीश जबरा र वरिष्ठ अधिवक्ता श्रेष्ठबीचको सवाल जवाफ

प्रधानन्यायाधीश– कति समय लिनु हुन्छ ?
रमन श्रेष्ठ – ५ घण्टा श्रीमान् !
प्रन्या – त्यत्रो समय कसरी दिन सकिन्छ?
रमन श्रेष्ठ – रिपिट गर्दिनँ श्रीमान्, रिपिट भए छ भने भने रोक्नुस् ।
प्रन्या – कसरी रोक्नु ? समयमा सक्नुस् !
श्रेष्ठ – हामी (देव गुरुङका वकिल) बीच सल्लाह भइसकेको छ श्रीमान् ।
प्रन्या – तपाईंको सल्लाहले कुनै अर्थ राख्दैन । इजलासले समय दिन सक्दैन त्यत्रो ।

करिब १५ मिनेटसम्म बहसमा चाहिने समयलाई लिएर इजलासमा बार र बेञ्चबीच वादविवाद चलिरह्यो । अन्त्यमा इजलासले श्रेष्ठलाई एक घण्टाभित्र बहस सक्न निर्देशन दिएपछि अहिले सुनुवाइ निरन्तर अघि बढेको छ ।
फेरि विवाद

एक घण्टा बहस गरिसकेपछि वरिष्ठ अधिवक्ता श्रेष्ठले अझै समय मागेका छन् । उनले अझै मूल विषयमा छिरिनसकेको भन्दै बेञ्चसँग थप समय मागेका हुन् ।
‘अझै समय चाहिन्छ श्रीमान् । म त मूल विषयमा छिरेकै छैन’, उनी भन्दै छन् । उता प्रधानन्यायाधीश जबराले भने अब समय दिनै नसकिने बताएका छन् ।
‘हुँदैन हुँदैन’, जबरा भनिरहेका छन् । उता रमणले भने, ‘अनि श्रीमान् मैले दोहोर्‍याएको छु र ?’, फेरि प्रधानन्यायाधीश भन्छन्, ‘त्यसो होइन, तपाईलाई समय दिएपछि सबैलाई दिनु पर्छ । दुई बजेसम्म सक्काउनु होस् !’

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...