Tuesday 17th February 2026

नेपालमा ४ अंकले भ्रष्टाचार बढ्यो: ट्रान्सपरेन्सी इन्टरनेशनल


तितोपाटी- नेपालमा भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनले देखाएको छ ।बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको पाइएको हो ।

सन् २०२० मा १८० देशमा भएको भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा नेपाल ११७ औँ स्थानमा परेको छ । गत वर्ष ११३ औँ नम्बरमा परेको नेपालमा ४ अंकले भ्रष्टाचार बढेको देखाएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशहरुमा डेनमार्क र न्युजील्याण्ड परेका छन् भने साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् ।

कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् जबकी नेपालले भने ३३ अंक र साउथ सुडान र सोमालियाले १२ अंक मात्र प्राप्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...