Wednesday 22nd July 2026

प्रधानमन्त्री ओलीबाहेक अरु सबै एकताको पक्षमा छन- वामदेव गौतम


‘केपीलाई प्रचण्डतिर र प्रचण्डलाई केपीतिर फर्काइदिने तागत मसँग छ’

नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बाहेक सबै पार्टी एकताको पक्षमा रहेको दावी गरेका छन्। बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले प्रधानमन्त्री ओली बाहेक सबै एकताको पक्षमा रहेका दावी गरेका हुन्।

गौतमले भने, ‘केपी ओली नेतृत्वमा रहेको समूहमा पनि उहाँ बाहेक सम्भवत सबै एकताको पक्षमा हुनुहुन्छ।’गौतमले आफू प्रतिनिधि सभा पुनर्स्थापनाकै पक्षमा रहेको बताए । ‘मेरो भित्री चाहना प्रतिनिधि सभा पुनर्स्थापना नै हो,’ गौतमले भने, ‘तर सर्वोच्चले जे निर्णय गर्छ त्यही मान्नुपर्छ। सर्वोच्चले निर्वाचन भन्यो भने निर्वाचनमा जानुपर्छ तर भोट नेकपालाई नै दिनुपर्छ।’

पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् ।भने, ‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुऱ्याउँदै छु मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो ।’

‘केपीलाई प्रचण्डतिर र प्रचण्डलाई केपीतिर फर्काइदिने तागत मसँग छ’
गौतमले आफू ६८ वर्षसम्म नथाकेको बताउँदै पार्टी निर्माण र आन्दोलन विकासमा लागिरहने बताए। गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने समेत दाबी गरे ।

उनले भने, ‘पार्टी विभाजनपछि अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन सक्छु ।केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन। प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु अनि केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ।

गौतमले पार्टी अध्यक्ष जसले दिन्छ उतै जान्छु आफूले नभनेको बताए । ‘पार्टी अध्यक्ष जसले दिन्छ उतै जान्छु भनेको प्रचार भएको छ तर त्यस्तो होइन। मलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीमा आउनु भन्नु भएको हो’ उनले भने, ‘तर मैले यदि तपाईंले पार्टी अध्यक्ष छाडेर वरिष्ठ नेता पद लिनुहुन्छ भने आउँछु भने। म पार्टी अध्यक्ष हुन्छु, वरिष्ठ नेता पद तपाईं नै राखेर प्रधानमन्त्रीमा बस्नुहुन्छ भने म तयार हुन्छु।’

‘राजिनामा दिएको भए, केपी शर्मा ओलीको इज्जत बढ्ने थियो’
गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताए । उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान रु केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ?’

उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियानका लागि अवधारण पत्र तयार पारेका छन् । अवधारणा पत्रमा पार्टी एकता राष्ट्रिय अभियानको संगठनात्मक संरचना, एकता प्रक्रियाको यस अवधिमा पालना गर्नुपर्ने आचार संहिता, संगठन सञ्चालन सम्बन्धी नियमहरु, अभियानका मुख्य कार्यभारहरु तोकेका छन् ।

पार्टी एकता राष्ट्रिय अभियान संचालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहने र यो अधिकतम ६ सय ५१ सदस्यीय हुने अवधारण पत्रमा उल्लेख छ । यसैगरी केन्द्रीय समन्वय समितिमा अधिकतम् १ सय ७५ जनाकोकार्यसम्पादन समिति हुने दैनिकदिन कामका निम्ति आवश्यक सचिवालय निर्माण गरिने उल्लेख छ ।

गौतमको एकता अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, विघटित प्रतिनिधिसभा सदस्य माया ज्ञवाली, तुलसा थापा, कीर्तिपुरका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का, वाग्मती प्रदेश सांसद विनोद खड्कालगायत सहभागी छन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...