Monday 26th January 2026

प्रचण्ड–माधव पक्षको १० सिट पनि आउँदैन- प्रधानमन्त्री


 प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् ।

उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...