Monday 26th January 2026

केपी ओलीले १४ वर्ष जेल बस्दा उखानटुक्का मात्रै सिकेछन- भिम रावल


नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलको प्रतिनिधिसभा विघटन असंवैधानिक र लोकतन्त्रविरोधी कदम भएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा गरेको संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले मुगु सदरमुकाम गमगढीमा आयोजना गरेको विरोध सभामा उनले व्यंग्यात्मक शैलीमा भने, ‘केपी ओलीले १४ वर्ष जेल बस्दा लोकतन्त्रको पाठ नसिकी खाली उखानटुक्काको पाठ मात्रै सिकेका रहेछन् ।’

प्रतिनिधिसभा विघटनले ओली लोकतन्त्रको रक्षक नभई लोकतन्त्रको विरोधी र उखानटुक्के व्यक्ति मात्रै भएको पुष्टि गरेको रावलको दाबी छ । ओलीको कदमले जनतामा निराशा छाएको भन्दै रावलले आफूहरू गलत काम सच्याउने अभियानमा रहेको जिकिर गरे ।

ओलीले नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बाल्न गएको भन्दै रावलले भने, ‘यति ठूलो गल्ती पशुपतिमा बत्ती बालेर पखालिँदैन ।’
प्रधानमन्त्रीको कदमविरुद्ध चौतर्फी विरोध भएको भन्दै रावलले गलत प्रवृत्तिको विरुद्ध सधैँ खडा हुने बताए ।

करिब ४६ मिनेट सम्बोधन गरेका रावलले ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको जिकिर गरे । जनजीविका सम्बोधन गर्न र कोरोना महामारीमा काम गर्न ओली सरकारले नसकेको उनको दाबी छ । सभामा जिल्लाका चारवटा स्थानीय तहका सयौँ नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...