Tuesday 27th January 2026

कांग्रेसले भन्यो, ‘ओलीले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाए’


 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ ।‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत प्रधानमन्त्रीको यस अभिव्यक्तिलाई अलोकतान्त्रिक र अधिनायक आकांक्षा भन्दै टिप्पणी गरिएको छ । सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएका प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न गरेको पनि उक्त विज्ञप्तिमा छ । यस्तै सम्मानित र पाका अधिवक्ताको अपमान गरेकोमा पनि कांग्रेसले प्रधानमन्त्रीको आलोचना गरेको छ ।

‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो । प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अघि लेखिएको छ, ‘उहाँको यो प्रवृत्ति दुःखद मात्रै होइन, लज्जास्पद पनि छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैरजिम्मेवार ढंगले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।’

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...