Sunday 28th December 2025

भारतको कर्नाटकमा डाइनामाइट विष्फोट हुँदा ८ मजदुरको मृत्यु


तीतोपाटी – भारतीय राज्य कर्नाटकको शिवमोगामा बिहीबार दिउँसो करिब एउटा डायनामाइट विस्फोट भएको हुँदा ८ जना मजदुर मारिएका छन्। रिपोर्टका अनुसार केही व्यक्ति ट्रकमा जिलेटिन छडहरू लिएर गइरहेका थिए। शिवमोगा जिल्लाको अब्बालगेरे गाउँ नजिक विस्फोट भएको थियो। विस्फोट यति तीव्र गतिमा भएको थियो कि यो शिवमोगाको नजिकैको जिल्ला चिक्मागलुरसम्म छरिएको थियो। र वरपरका क्षेत्रहरुमा भूकम्पको जस्तो झट्का महसुस गरिएको थियो।

विस्फोटले वरपरका घरहरूका शीशा समेत फुटेका छन्। सुरुमा मानिसहरूलाई भूकम्प आएको जस्तो लागेर मानिसहरू त्रासले घर बाहिर निस्किएका थिए। शिवमोगा कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो।

शिवमोगाका डिप्टी कमिश्नर केबी शिवकुमारका अनुसार विष्फोट भएको सबै क्षेत्रलाई घेराबन्दी गरिएको छ। उनले घटनास्थलमा अझै विस्फोटक पदार्थ हुन सक्ने आशंका व्यक्त गरेका छन्।-एजेन्सी


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...