Monday 28th September 2026

धादिङको धार्केमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न


गोपाल ढकाल(मनोविद), धार्के – धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो ।

शिबिरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको स्बास्थ्य परिक्षण गरेका थिए भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गरेका थिए । उक्त शिबिरमा एक सयभन्दा बढिले सेवा लिएका थिए । सो अवसरमा मनोविद ढकालले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएको यो प्रकृतिक बिपत्तिको समयमा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरी छ बताए ।

उक्त एक दिने शिविरमा मानसिक स्वास्थ्य परिक्षण पछि सबै बिरामीलाई निःशुल्क रुपमा औषधि समेत बितरण गरिएको थियो । शिबिरमा आएका मध्ये तीन जना कडा खालको मानसिक स्बास्थ्य समस्यामा परेका ब्यक्तिहरुलाई आबासिय उपचारको प्रवन्ध समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र सम्पन्न हुनु पर्ने बताएका थिए भने उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालीका भित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्न जानकारी दिएका थिए । यस्तो शिविर अब देखि प्रत्येक तीन तीन महिनामा गरिने भएकोछ ।
धार्के गाउँपालिकाले स्थानिय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका नै तयार पारी मानसिक स्बास्थ्यका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकोछ ।

दस वर्षदेखि सडकको जीवन बिताई रहेका जनक नाम गरेका मनोरोगीको उद्दार गरि गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा उपचार भईरहेकोछ । गाउँ पालिकाले आफ्नो सबै बडाहरुमा एक एक जना मनोपरामर्शदाताको समेत ब्यबस्था गरेकोछ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...