Thursday 7th August 2025

कविताः घात नै घात यो – छन्द: स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


कुन्नि खै के भयो घात नै घात यो
चोकमा गल्लिमा धूर्तता दुष्टको
एकता, सभ्यता,,शुध्दता मान्यता
दक्षता उच्चता मित्रता छन् कता ? ।१।🌷🙏🌺

भावना कामना प्रार्थना अर्चना
ध्यानमा ज्ञानमा छैन खै साधना
अग्रता नम्रता तर्कना सम्झना
शूरता बीरता गुप्त छन् देशमा ।२।🌷🙏🌺

दुष्टता, तुच्छ्ता, छुद्रता, मस्त छन्
लोकमा मानवी रूपमा बस्दछन्
शक्तिको खोजमा चोकमा लुक्दछन्
मित्रको साथमा शत्रुता जोड्दछन् ।३।🌷🙏🌺

दुष्टले एकता स्वार्थमा गर्दछन्
स्वार्थको खेलमा झेलले जित्दछन्
जित्नुको होडमा दौडमा पस्दछन्
धाँधली गर्नमा पारखी बन्दछन् ।४।🌷🙏🌺

एकता शान्तिको खोजमा भव्य होस्
जिन्दगी शान्तिको साथमा सभ्य होस्
मानवी भावना लोकमा फैलियोस्
दानवी, आसुरी भावको अन्त्य होस् ५।🌷🙏🌺
धन्यवाद 🌷🙏🌺
हरि शर्मा (गलकोटे कवि)
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...