Saturday 21st March 2026

कविताः घात नै घात यो – छन्द: स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


कुन्नि खै के भयो घात नै घात यो
चोकमा गल्लिमा धूर्तता दुष्टको
एकता, सभ्यता,,शुध्दता मान्यता
दक्षता उच्चता मित्रता छन् कता ? ।१।🌷🙏🌺

भावना कामना प्रार्थना अर्चना
ध्यानमा ज्ञानमा छैन खै साधना
अग्रता नम्रता तर्कना सम्झना
शूरता बीरता गुप्त छन् देशमा ।२।🌷🙏🌺

दुष्टता, तुच्छ्ता, छुद्रता, मस्त छन्
लोकमा मानवी रूपमा बस्दछन्
शक्तिको खोजमा चोकमा लुक्दछन्
मित्रको साथमा शत्रुता जोड्दछन् ।३।🌷🙏🌺

दुष्टले एकता स्वार्थमा गर्दछन्
स्वार्थको खेलमा झेलले जित्दछन्
जित्नुको होडमा दौडमा पस्दछन्
धाँधली गर्नमा पारखी बन्दछन् ।४।🌷🙏🌺

एकता शान्तिको खोजमा भव्य होस्
जिन्दगी शान्तिको साथमा सभ्य होस्
मानवी भावना लोकमा फैलियोस्
दानवी, आसुरी भावको अन्त्य होस् ५।🌷🙏🌺
धन्यवाद 🌷🙏🌺
हरि शर्मा (गलकोटे कवि)
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...