Saturday 5th July 2025

छायाँकनमा ‘दुईटी स्वास्नीको पोइ कुना पसी रोइ’


कोरोना कहर यथावत रहेपनि कलाक्षेत्रका बिभिन्न गतिबिधिहरु भने सुचारु हुन थालेका छन् । फिल्म हल खुलेसँगै फिल्म तथा टेलिशृङ्खलाहरुको छायाँकनले गति लिन थालेका हुन् । यस्तैमा गोपाल ढकाल ‘छन्दे’को मुख्य भुमिका रहेको हाँस्य टेलिशृङ्खला ‘दुईटी स्वास्नीको पोइ कुना पसी रोइ’को पनि छायाँकन सुरु भएको छ । बुधबारबाट छायाँकन सुरु भएको शृङ्खला काठमाडौँको काभ्रेस्थली भेडीगोठ क्षेत्रमा छायाँकन भैरहेको कलाकार गोपाल ढकालले बताए ।

टेलिभिजन तथा यूट्युवबाट एकसाथ बाहिर ल्याउने उदेश्यले निर्माण भइरहेको श्रृंखलाले समसामयिक तथा पारिवारिक विषयवस्तु कथाको रुपमा उठाएको छ । एसकेएस फिल्मस्को प्रस्तुतिमा निर्माण थालिएका, गीता नेपाल ‘दाउरी’को लेखन रहेको शृङ्खला ज्ञानकुमार कट्टेलले निर्देशन गरिरहेका छन् ।

शुभेच्छा थापा, विद्या कार्की, विशाल पहाडी, गोपाल ढकाल ‘छन्दे’, सुशिला निरौला ‘बिम्ली’, गीता नेपाल ‘दाउरी’, पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाललगायतको अभिनय शृङ्खलामा रहनेछ । शृङ्खलाका छायाँकार राजु श्रेष्ठ हुन् ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...