Tuesday 18th November 2025

साउदी अरबले विदेशी उडानमाथि लगाइएको प्रतिबन्ध हटायो


तितोपाटी- साउदी अरबले डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध कोभिड–१९ को नयाँ भेरियन्टको खतरालाई मध्यनजर गर्दै लगाइएको थियो ।

साउदी अरबको गृहमन्त्रालयले आइतबार बिहान यो जानकारी दिएको हो । यो यात्रा प्रतिबन्ध थुप्रै देशमाथि लगाइएको थियो ।

साउदी प्रेस एजेन्सीले गृहमन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘आइतबार बिहान ११ बजेदेखि साउदी अरबमा हावा, जमिन समुद्रको बाटो मार्फत् पुनः प्रवेश सुरु भएको छ ।’यद्यपि, केही प्रतिबन्ध अहिले पनि लागू छन् जस्तै बेलायत, दक्षिण अफ्रिका र अन्य देशबाट साउदी अरब प्रवेश गर्न चाहने नागरिकले देशमा प्रवेश हुनुभन्दा १४ दिन अघि यी देशबाहिर बस्नुपर्ने हुन्छ ।

यसै गरी साउदी नागरिक जसललाई मानवीय र आवश्यक मामिलाका लागि प्रवेश गर्न अनुमति छ, उनीहरुलाई कोभिड–१९ को नयाँ भेरियन्ट भएको देशबाट आएको खण्डमा १४ दिन आफ्नो घरमा नै निगरानीमा बस्नुपर्ने हुन्छ ।

बेलायतमा भेटिएको कोभिड–१९ को नयाँ भेरियन्टको मामिला अब थुप्रै युरोपेली देश जस्तै फ्रान्स, स्विडेन र स्पेनमा पनि भेटिइसकेका छन् । दक्षिण अफ्रिका, जोर्डन, क्यानडा र जापानमा पनि नयाँ भेरियन्ट पाइएको छ । साउदी अरबमा पनि कोरोनाको भ्याक्सिन दिन सुरु गरिइसकिएको छ । हाले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले भ्याक्सिन लगाएको भिडियो सार्वजनिक भएको थियो ।

यहाँ कोभिड–१९ का संक्रमितको संख्या र यसबाट हुने मृत्युदरमा पनि कमी हुन सुरु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १०१ नयाँ संक्रमित फेला परेका छन् जुन पछिल्लो ९ महिनामा सबैभन्दा कम हो ।

साउदी अरबमा कोरोनाभाइरसका अहिलेसम्म ३,६२,४८८ संक्रमित फेला परिसकेका छन् । यीमध्ये २,७७२ सक्रिय संक्रमित छन् भने ४०१ जनाको स्थिती गम्भीर छ । जनवरी १ सम्म यहाँ ६,२३० जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...