तितोपाटी- नेकपा ओली समुहको काठमाडौं जिल्लाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूले पाउने बताएका छन् ।
उनले सूर्य चिन्ह आफूले पाउने भएकाले नेता तथा कार्यकर्तालाई ढुक्क भएर पार्टी र जनताको काममा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले अब सबै कुराको फैसला बैशाख १७ र २७ गते हुने चुनावमा जनताले गर्ने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेकपाबाट फुटेर गएका प्रचण्ड–नेपाल समूहको हालत रत्नपार्कमा औषधि बेच्नेको जस्तै हुने पनि बताएका छन् ।