Tuesday 27th January 2026

देशभर मनाइयो राष्ट्रिय पोशाक दिवस


तितोपाटी- ८ औँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्चपास गरी दिवस मनाएका हुन् ।

हाम्रो शान, हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने मूल नाराका साथ उनीहरु साँस्कृतिक पहिचान सहितको पोशाकका साथ र्‍यालीमा सहभागी भएका थिए ।

ढाका र भाद्भाउले टोपी, दौरा–सुरुवाल, गुन्यु–चोली लगाएका युवा युवतीहरुले नेपाली झण्डा र बाजागाजासहित मार्चपास गरेका हुन् ।

पछिल्लो समयमा नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिले धरासायी बनाएकाले नेपालको संस्कृति, सभ्यता र धरोहरलाई विश्वसमुदायमा उजागर गर्न राष्ट्रिय पोशाक दिवस मनाइएको हो ।

मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्यसहित पुस १७ मा राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको हो ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...