Tuesday 24th March 2026

निर्मला पन्त प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्वहाली गर्ने सरकारको निर्णय


तितोपाटी- सरकारले बर्खास्तमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले एसपी विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको थियो ।
बर्खास्तमा परेपछि आफूहरू अन्यायमा परेको भन्दै दुवैले कानुनी उपचार खोजेका थिए । उनीहरूलाई गत १५ साउनमा जिल्ला अदालत कञ्चनपुरले सफाइ दिने फैसला गरेको थियो । अदालतको सफाइपछि गृह मन्त्रालयले विष्टको पुनर्वहालीका लागि मन्त्रिपरिषदमा लेखी पठाएको थियो ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...