Tuesday 23rd April 2024

जाडोमा गैर नेवारले पनि खानै पर्ने उत्तम र स्वास्थ्यबर्दक खाना योमरी


आर. बी. बुढाथोकी – योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो तर अहिले गैर नेवारहरुले पनि योमरी मन पराउन थालेका छन । जाडो महिनामा यो खानाको ज्यादा माग हुनेगर्छ । योमरी एक बिशुद्द चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो । हेर्नमा निकै आकर्सक देखिने यो रोटी स्टिम गरेर पकाइने हुनाले स्वस्थ्यका हिसाबले पनि फाईदाजनक मानिन्छ । धाण्य पुर्णिमाका दिन त झन नेवारहरुले योमरी पुण्ही भनेर चाडका रुपमा नै मनाउछन। धान भित्र्यान सकिने बित्तिकै यो चाड शुरु हुन्छ । नेवारी भाषामा योमरीको अर्थ मन पर्ने स्वादिट रोटी भन्ने बुझिन्छ । योमरीलाई अन्तरास्टिय रुपमा चिनाउन नेपाल पर्यटन बोर्डले प्रकाशनमा ल्याएको नेपाली अथेन्टिक कुजिन पुस्तकमा पनि योमरीलाई नेपालको एक प्रमुख डेजर्टका रुपमा समाबेश गरिएको छ । योमरी अहिले आएर नेवारी समुदायमा मात्र नभएर सर्बत्र लोकप्रिय हुँदै गएको छ ।

योमरी कसरी बनाइन्छ ?
सामाग्री:-चामलको पिठो,४०० ग्राम,मैदा १०० ग्राम(अतिरिक्त),मोलासिस अर्थात चाकु २०० ग्राम, भुटेको तिल ३ चम्चा,काजु या बदाम १५० ग्राम,नरिवल १२० ग्राम,तेल दुई च्म्चा, पानी आबश्यकता अनुसार
बिधी :-चामल र मैदाको मिठोलाई हल्का मन तातो मानिमा मुछेर एक ठाउमा राख्नुस र केही बेर आराम गर्न दिनुस । अर्को तर्फ काजु,नरिवल,तील सम्पूर्ण सामाग्रीलाई चप या ग्रेट गरेर तयारी अबस्थामा राख्नुस। एउटा सस प्यान तताउनुस र चाकुलाई पगालेर चप गरेको ड्राइ फुटलाई मिसाउनुस र तिल हालेर चलाऊनुस। मिक्चर तयार भए पछी एउटा कचौरामा सुरक्षित राख्नुस र धमाधम हातमा तेल लागाएर माछाको आकारका मिक्स्चर भरेर योमरी बनाउनुस। सम्पूर्ण योमरी बनाउन सकिए पछी म म को भाडो या राउस कुकरको जालिमा स्टिम दिएर पकाउन सक्नु हुन्छ । मिठो गोल्भेडा पोलेर बानाएको चटपटा र पिरो अचार सँग योमरी सर्भ गर्न सकिन्छ । योमरी चाकुमा जस्तै खुवा भरेर पनि बनाउन सकिन्छ ।

जाडोमा योमरी खादा के फाईदा
शरीरमा तापक्रम बृदि हुन्छ ।
गर्भबती महिलाका लागि उत्तम भोजन ।
बाफमा पकाउने हुँदा स्वास्थ्य बर्धक, कुनै अधिक चिल्लो नहुने
योमरीले कोल्ड फ्लुबाट बच्चाउन मद्त पुर्याउछ ।
बुढा या बच्चा सबैलाई उत्तम भोजन ।
योमरीको भित्र ड्राइ नट्स भरेको हुनाले ड्राइ नट्स स्वस्थ्यका लागि निकै फाईदा जनक मानिन्छ ।
धार्मिक हिसाबले पनि निकै महत्व बोकेको योमरी बच्चा जन्मदा र चौरासी गर्दा पनि प्रयोग गरिन्छ ।
चाकुले शरीरमा तापक्रम बृदि गर्ने हुनाले जाडो महिनामा खुब प्रयोग गरिन्छ । घ्यु चाकु भात पनि जाडो महिनामा खुब लोकप्रिय खाना मानिन्छ ।
तिलको दाना पनि स्वस्थ्यका लागि कयौ फाईदा बोकेको हुनाले योमरीमा तिल भरेकाले धेरै फाईदाजनक मानिन्छ ।

योमरीमा पाइने वास्तविक पोषण
साधारणतया एउटा योमरीमा ११५ क्यालोरी हुन्छ र २२ ग्राम कार्बोहाइडेड,१ ग्राम चिल्लो र २ ग्राम प्रोटिन रहन्छ । प्रतिशतका हिसाबले ७७% कार्बोहाइडेड ,८% चिल्लो र ७% प्रोटिन हुन्छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा…

प्रतिकृयाहरू
...