Tuesday 24th March 2026

तारकेश्वरमा हेल्थ पोष्ट निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न


तितोपाटी- बुलन्द आवाजको अभियानद्वारा तारकेश्वरमा स्वास्थ्य चौकि भवन निर्माणका लागी गत शनिवारका दिन शिलान्याश गरिएको छ।

उक्त हेल्थपोष्ट अभियानका सन्चारकर्मी राजन नेपालेले बुलन्द मिडियाबाट पत्रकारीता गर्दै आएका छन् ।उनले पत्रकारिता सँग संगै समाजसेवा पनि गर्दै आएका छन् । नेपालले आफ्नै मुलुकमा अब युवाहरुले केही गर्नु पर्छ भन्ने हेतुले स्वास्थ्य चौकी निर्माण गर्ने अभियानमा लागेका छन।

नेपालले हेल्थ पोष्ट बनाउने अभियान थाले सँगै चर्चित सञ्चारकर्मी रबि लामिछाने,नागरिक समुहका अध्यक्ष निगम हुमागाई , नवजिवन परोपकार केन्द्रका अध्यक्ष दुर्गानाथ दहाल,सोही ठाउँका नेतृत्वहरु लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको आथित्यमा २०७७ साल पौष ११ गते उक्त हेल्थ पोष्टको शिलान्यास कार्यक्रम सम्पन्न गरेका छन् ।शिलान्यास कार्यक्रममा उपस्थित अन्य व्यक्तित्वहरुले मन्तव्य दिदैं सञ्चारकर्मी नेपाललाई बधाई साथै सहयोगी मनहरुलाई नमन व्यक्त गर्दै छिट्टै हेल्थ पोष्ट बनेको हेर्न पाउँने आशा व्यक्त गरेका छन् । उक्त कार्यक्रममा सञ्चारकर्मी रबि लामिछानेले सञ्चारकर्मी नेपालको प्रशंसा गर्दै सुभकामना दिएका छन् ।

“उर्जाशील जीवनको लामो समय (करिब २२ वर्ष) भारतमा बसेर बिभिन्न सुख,दु:ख हरू झेलेर आफ्नो मातृभूमिमै केहि गर्छु भन्ने अठोटले क्रियाशील संचारकर्मी नेपालको नेतृत्वमा बत्ति मुनिको ॲंध्यारो झैं भएको राजधानि काठमाण्डौं कै तारकेश्वरमा स्वास्थ्य चौकि भवन निर्माणका लागी शिलान्याश भएको छ ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...