Tuesday 20th January 2026

बेलायतबाट आएका ५ जनामा कोरोना, भाइरस नयाँ/पुरानोबारे अध्ययन गरिने


तितोपाटी- बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेका अनुसार सोमबार बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको हो।
तर उनीहरुलाई पुरानो प्रजातिको कोरोना हो वा नयाँ भन्नेबारे स्पष्ट नभएको उनले बताए। ‘संक्रमित सबै होटल क्वारेन्टिनमै छन्’ उनले भने।

पछिल्लो समय बेलायतमा चाँडै फैलिने नयाँ किसिमको कोरोना भाइरस देखिएका बेलायतबाट आउन रोक लगाइएको छ।
तर पुस १ गतेदेखि ७ गतेसम्म आएका सबैलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न र जाँच गर्न मन्त्रालयले आग्रह गरेको छ।
म्हाशाखा प्रमुख पाण्डेका अनुसार कोरोना देखिएका ५ जनाको जिन अध्ययन गरी नयाँ वा पुरानो भाइरसबारे थप जानकारी लिइनेछ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...