तितोपाटी- नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।
अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले निजी निवास खुमलटारमा अध्यक्ष दाहालसँग भेट गरेपछि नेता नेपाललाई एभरेष्ट होटल नयाँ बानेश्वरमा भेटेको हो ।
आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिसकेको छ । टोलीले सोमबार नै नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।