Monday 27th April 2026

दशकको टी-२०, एकदिवसीय र टेस्ट टिम घोषणा, विराट कोहली तीन वटै टिममा


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पछिल्लो दशकको टी-२०, एकदिवसीय र टेस्ट टिम घोषणा गरेको छ। आइसिसीले आइतबार घोषणा गरेको टिममा विगत एक दशकमा उत्कृष्ट खेलेका खेलाडी समावेस गरेको छ।

यसअघि आइसिसीले टिमका लागि मनोनयन सार्वजनिक गर्दै भोट गर्न आह्वान गरेको थियो। सोहि मनोनयनको आधारमा आइसिसीले टेस्ट, एकदिवसीय र टी-२० टिम घोषणा गरेको हो। मनोनयनमा भारतका कप्तान विराट कोहली तीन वटै टिममा पर्न सफल भएका छन्। कोहलीलाई टेस्ट टिमको कप्तान राखिएको छ। टी-२० र एकदिवसीय टिमको कप्तानमा भने भारतकै महेन्द्रसिंह धोनी छन्।

दशकको टी-२० टिम 
रोहित शर्मा – भारत
क्रिस गेल – वेस्ट इन्डिज
आरोन फिन्च – अस्ट्रेलिया
विराट कोहली – भारत
एबी डिभिलियर्स – दक्षिण अफ्रिका
ग्लेन म्याक्सवेल – अस्ट्रेलिया
महेन्द्रसिंह धोनी – भारत (कप्तान र विकेटकिपर)
केइरन पोलार्ड – वेस्ट इन्डिज
रासिद खान – अफगानिस्तान
जसप्रित बुमराह – भारत
लासिथ मालिङ्गा- श्रीलंका

दशकको एकदिवसीय टिम 
रोहित शर्मा – भारत
डेभिड वार्नर – अस्ट्रेलिया
विराट कोहली –  भारत
एबी डिभलियर्स – दक्षिण अफ्रिका
महेन्द्रसिंह धोनी – भारत (कप्तान र विकेटकिपर)
वेन स्टोक्स – इंग्ल्यान्ड
मिचेल स्टार्क – अस्ट्रेलिया
ट्रेन्ट बोल्ट – न्युजिल्यान्ड
इमरान ताहिर – दक्षिण अफ्रिका
लासिथ मालिङ्गा – श्रीलंका

दशकको टेस्ट टिम 
अलास्टायर कुक – इंग्ल्यान्ड
डेभिड वार्नर- अस्ट्रेलिया
केन विलियमसन – न्युजिल्यान्ड
विराट कोहली – भारत (कप्तान)
स्टिभ स्मिथ – अस्ट्रेलिया
कुमार सांगाकारा – श्रीलंका (विकेटकिपर)
वेन स्टोक्स – इंग्ल्यान्ड
रविचन्द्रन आस्विन – भारत
डेल स्टेन – दक्षिण अफ्रिका
स्टुवार्ड बोर्ड – इंग्ल्यान्ड
जेम्स एन्डर्सन – इंग्ल्यान्ड

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि…

कुवेत सरकारले कुवेत अन्तर्राष्ट्रय विमानस्थल आज २३ अप्रिल २०२६ बिहिबारदेखि खुला गरिएको छ । गत फेब्रुअरी २८, २०२६ का दिनदेखि…

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

प्रतिकृयाहरू
...