Tuesday 20th January 2026

पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १८२५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ६४९३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६४९३ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ३६९ जना क्वारेन्टिनमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...