Saturday 21st March 2026

कविताः मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो -हरि शर्मा (गलकोटे कवि)


~मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो~🌷🙏🌺
~लोक छन्द: झ्याउरे~🌷🙏🌺

दुधमा नौनी काठमा आगो लुकेर बस्दछ
बाहिरी रूप हेरेर झट्ट कसले देख्दछ ?
इश्वर हाम्रो हृदयभित्र कुनामा बस्दछ
अज्ञानी जन बुझ्दैन किन ज्ञानीले बोल्दछ ।१।🌷🙏🌺

परोपकार परम धर्म शास्त्रले बोल्दछ
अरुको सेवा गरेमा मान्छे विशाल बन्दछ
धर्मको मर्म नबुझ्दाखेरि अन्योल पर्दछ
भौतिकवादी आजको मान्छे स्वार्थमा लिप्त छ ।२।🌷🙏🌺

भौतिक वस्तु सुखको श्रोत देख्दछ मानव
यसैको बश परेर जाँदा बेहोरा दानव
मानव अनि दानव भनी मान्छेको विचार
असल अनि खराब बानी बोकेको आधार ।३।🌷🙏🌺

पशु र मान्छे दुवैको एकै आहार बिहार
चेतना साथ भएको मान्छे गर्दछ विचार
बचाऊँं बाँचौ धर्मको मर्म भएको मानिन्छ
विवेक साथ भएको मान्छे श्रेष्ठमा गनिन्छ ।४।🌷🙏🌺

हरेक धर्म अनेक रूप ईशका मानिन्छ्न्
आखिर एकै ईशको रूप ज्ञानीले भन्दछ्न्
मानव बनी मानव बाँच्न सिकेमा उत्तम
हरेक धर्म राख्दछ सदा ज्ञानको चाहना ।५।🌷🙏🌺

स्वर्ग र नर्क पाप र पुन्य राम्रो र नराम्रो
अनेक थरी इश्वर मान्ने संस्कृति छ हाम्रो
मानव शक्ति प्रकृति पूजा इशको रूप हो
विष्णुको अनि शिवको पूजा मानव शक्तिको ।६।🌷🙏🌺

भनेमा कतै अनर्थ होला जस्तो त लाग्दैन
तापनि मान्छे खै किन होला सोचमा डुब्दैन
मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो
मानव किन गरेको होला मुसाको दौड त्यो ।७।🌷🙏🌺

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...