Sunday 4th October 2026

नयाँ वर्ष २०२१ को अवसरमा कल्याणकारी नेपाली युवा समाजले खुला भलिबल प्रतियोगिता गर्ने


तीतोपाटी – सामाजिक सेवा र खेलकुदका कृयाकलापहरू गर्दै आएको कुवेतमा चिर परिचित युवा समुह कल्याकारी नेपाली युवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता २०२१ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिताको नाम ” अल मुजैनी भलिबल कप २०२१” राखिएको छ भने भलिबल प्रतियोगिताको लागि आयोजक र प्रायोजकले सम्झाैता गरि सकेको जनाइएको छ ।

आगामी शुक्रबार १ जनवरी २०२१ देखि शुरू हुने उक्त भलिबल प्रतियोगिता महाबुल्ला स्थित भलिबल मैदानमा हुने तथा प्रतियोगिताका खेलहरू जनवरी १ तथा जनवरी ८ तारिकमा खेलाइने कल्याणकारी नेपाली युवा समाजले जनाएको छ भने उक्त प्रतियोगितामा भारतीय भलिबल टिम सहित ९ टिमले सहभागिता जनाउने तय भइसकेको छ भने अन्य इच्छुक टिमले पनि खेलमा सहभागिता जनाउन सक्नेछन् ।

भलिबल प्रतियोगितामा सहभागिताको लागि आगामी बिहिबार टाइसिट गरिनेछ भने टिम दर्ता शुल्क १० केडि रहेको कुरा कल्याणकारी नेपाली युवा समाजका संस्थापक तथा सल्लाहकार नबराज पराजुलीले बताएका छन् । उक्त प्रतियोगितामा विजेता टिमलाइ ट्रफी र नगद १०१ कुवेती दिनार पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमलाइ ट्रफी र नगद ५१ कुवेती दिनार पुरस्कारको व्यवस्था गरिएको पनि सल्लाहकार पराजुलीले तीतोपाटी डट कम सँगको कुराकानीमा बताए ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...