Tuesday 20th January 2026

दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतिघरमा प्रदर्शन


तितोपाटी- नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आजबाट आन्दोलन शुरु गरेका छन् । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्यहरुको उपस्थितिमा माइतिघर मण्डलाबाट प्रदर्शन शुरु गरेका हुन् ।

आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ । अदालतमा पनि रिट दायर गर्ने तयारी छ । आजै दाहाल नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न दाहाल नेपाल समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार पाँच सय एक सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ । हिजोको केन्द्रिय समिति बैठकले पुस महिनाभरका लागि आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...