Wednesday 18th February 2026

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने


तितोपाटी- दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ ।

यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो संख्या अघिल्लो बर्ष २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार नौ सय प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् ।

कोटा तोकिएका ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार सात सय, कृषि क्षेत्रमा छ हजार चार सय र मत्स्यपालन क्षेत्रमा तीन हजार आउन पाउनेछन । त्यस्तै निर्माण क्षेत्रमा एक हजार आठ सय, सेवा क्षेत्रमा एक सय जना तोकिएको छ ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार प्रतिबद्ध पुनः प्रवेश अन्तर्गतका श्रमिक कोरिया जान पाउने छन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...