तितोपाटी- संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । खतिवडाले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।