Tuesday 20th January 2026

२९० केन्द्रीय सदस्यको हस्ताक्षरसहित दाहाल-नेपाल समूह निर्वाचन आयोगमा


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड( माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन्।

ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन्। उनीहरूले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेका छन् । आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरूको हुने दाबी गरेका छन्।

मंगलबार बसेको बैठकले केपी ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। अध्यक्ष नेपाल र दाहालको समान हैसियत हुनेसमेत निर्णय गरेको थियो। त्यसैबिच ओली समूहले मंगलबार नै पार्टी केन्द्रीय समिति बिस्तारसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराइसकेको छ। ओली समूहको सो पत्रमा केन्द्रीय समिति बिस्तार भएको उल्लेख छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यको सूची पनि राखेको छ।
निर्वाचन आयोगले दुबै पक्षको निवेदनको जाँचबुझ गर्ने, छानबिन गरेर निर्णय दिने बताएको छ ।

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...