Wednesday 22nd July 2026

आजबाट जनवरी १ तारिक सम्म कुवेतको सबै नाका बन्द,सबै उडानहरु स्थगित


हरी कृष्ण न्यौपाने – कुवेत सरकारले आज डिसेम्बर २१,२०२० सोमबार बेलुकी ११ बजेबाट लागू हुने गरी जनवरी १,२०२१ सम्मका लागि सबै नाकाहरु बन्द गर्ने भएको छ। कुवेत आउने र कुवेतबाट बाहिरिने सबै उडानहरु स्थगित गरिने छ भने सामुन्द्रिक र सडक मार्गबाट समेत कुवेत आउन-जान बन्द गरिने छ।

कुवेत सरकारका प्रवक्ता तारिक अल मुजारिम(Tariq Al-Muzrim)लाई उध्रित गर्दै द टाइम्स कुवेतले लेखेको छ”आज डिसेम्बर २१ तारिक सोमबार २०२० बेलुकी ११ बजे बाट लागू हुने गरी कुवेतबाट आउने जाने सबै नाकाहरु बन्द गरिने छ।हवाइ, सामुन्द्रिक र सडक मार्गबाट हुने सबै आवत-जावतलाई जनावरी-१,२०२१ सम्मको लागि रोकिने छ।”

कुवेत सरकारले क्रिसमस र अंग्रेजी नयाँ वबर्षको आगमनका समयमा गरेको यो आकास्मिक निर्णयले कुवेत आउने र जाने तयारीमा रहेका धेरै आप्रवासीहरुलाई असर पार्ने छ।विषेश गरी नेपाल लगाएत ३४ वटा प्रतिबन्धित मुलुकहरुबाट कुवेतमा आउने क्रममा ट्रान्जिटमा रहेका धेरै आप्रबासी कामदारहरुलाई यो निर्णयबाट थप आर्थिक भार पर्ने छ।नेपालबाट यूएयी हुँदै कुवेत आउने क्रममा रहेका धेरै नेपालीहरुलाई पनि कुवेत सरकारको आकस्मिक निर्णयबाट असर पर्ने छ।


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...