Tuesday 20th January 2026

पछिल्लो २४ घण्टामा ७८२ कोरोना संक्रमित थपिए, थप १६ जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २९ जना रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ जना पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...