Tuesday 20th January 2026

एमसीसी श्रीलंकाबाट फिर्ता


तितोपाटी- अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ श्रीलंकाबाट फिर्ता भएको छ । वासिङ्टनमा भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रम अन्तर्गत यातायात पूर्वाधार स्तरोन्नति र भूमि सुधारका लागि ४८ करोड अमेरिकी डलर दिने जनाएको थियो । तर श्रीलंकाको सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन ।

अघिल्लो सरकार एमसीसीको पक्षमा भएपनि गोताबाया राजापाक्षे भने यसको विपक्षमा थिए । उनले गठन गरेको स्वतन्त्र कार्यदलले पनि गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो । सार्वभौमिकता खुम्च्याउने भन्दै श्रीलंकामा एमसीसीको विरोध हुँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...